
काठमाडौं, १२ भदाै । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा हकप्रद सेयर बिक्री गर्न लागेकाे जनाएकाे छ ।
कम्पनीले भदौ १३ गतेदेखि यसअघि वितरण नभएकाे हकप्रद सेयर लिलाम बढाबढ गरेर बिक्री गर्ने भएको हाे । कम्पनीका अनुसार १० बराबर ५ काे रेसियाेमा जारी गरिएकाे सेयरमा पूरा आवेदन नपरेपछि बिक्रीमा ल्याउन लागिएकाे हो।
कम्पनीले गएकाे असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ काे रेसियाेमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद जारी गरेको थियो। साउन ३० गते बाँडफाँड गर्दा साे अवधिमा ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद सेयर बिक्री भएकाे थिएन । साेहि बाँकी भएकाे १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता लिलामी बिक्रीमा ल्याइने भएकाे हो। लगानीकर्ताले हकप्रदमा भदौ २४ गतेसम्म आवेदन दिन सक्न्छन् ।
लगानीकर्ताले ताेकिए बमाेजिम बोलपत्र पेश गर्नुपर्नेछ । निर्दिष्ट गरिएकाे मूल्यमा नघटि वा बढी मूल्य राखेर शिलबन्दी बोलपत्र दिनुपर्नेछ । यसका लागि घटीमा १०० कित्ताका लागि र बढीमा चाहेकाे कित्ता मागगर्न सकिनेछ ।
हकप्रदमा लगानीका लागि लगानीकर्ताले मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुरमा रहेकाे शाखाबाट आवेदन दिन सक्नेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।