सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ भदौ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ।

भदाै १३ गते भाेलि बुधबार दुबै योजनाहरुकाे प्रतिफल वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरिने भएकाेले आजसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका कारोबार भइ कायम इकाईधनीहरुले मात्रै यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ इक्विटी फण्डकाे गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरिएकाे थियाे । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ काे ६.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरिएकाे थियो।