
काठमाडौं, १२ भदौ। आज मंगलबार साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी दिएको हो ।
छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ६५ रुपैयाँ कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।