दाेश्नाे दिनमै नेप्सेमा करेक्सन, कारोबार साढे ८६ करोडमा झर्यो

-



     सफल आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ भदौ । अघिल्लो दिन ५.०९ अंकले उकालोको यात्रामा गएको सेयर बजार एकदिन बढी टिक्न सकेन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा फेरी करेक्सन भएको छ । आज नेप्से ५.०५ अंकले ओरालो लागेको हो ।

केहि दिनको अन्तरालपछि सोमबार समान्य ढंगले उकालो लागेको दृश्यले अब त सकारात्मक बन्छकि भन्ने अपेक्षा गरिएको भएपनि लगानीकर्ताको त्यो अपेक्षा भने अधूरै रह्याे । काराेबार पनि घटेर साढे ८६ कराेडमा सिमित भएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेर ३८२.८५ विन्दुमा पुगेको हाे।

यसदिन १३ उपसमूहरुमध्ये ४ वटामा मात्रै हरीयो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कुल २७८ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४० लाख ६ हजार ७३९ कित्ता सेयरको खरिदबिक्रीबाट ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३ करोड ६२ लाख २ हजार ६५९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै स्वाभिमान लभुवित्त वित्तीय संस्था लिमिटेडले गुमाएको छ । संस्थाको सेयरमूल्य ४.८३ प्रतिशतले घटेको छ ।