अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित


काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ १७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ ।

आजको मूल्यसूची