
काठमाडौं, १३ भदाै। सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन अफर’ ल्याएको छ । सेल्सवेरीमा सपिङ गर्ने सबै ग्राहकले याे अफर अन्तर्गत भदौ महिनाभरी अधिकतम ३० प्रतिशतसम्मकाे भारी छूट प्राप्त गर्न सक्ने भएका छन ।
रक्षावन्धन, गाइजात्रा, कुशे औशी र तीजलाई लक्षित गरी याे अफर ल्याइएको सेल्सवेरीले जनाएकाे छ । दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने याे मनसुन अफर अन्तर्गत वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ ।
इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सवेरीले याे बिशेष अफर ल्याएको सेल्सवेरीका अपरेसन प्रमुख दयाल गिरीले जानकारी दिएका छन।
यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखराकाे सेलवेजका सबै शाखाहरुमा समेत लागु हुने अपरेसन प्रमुख गिरीले बताए। याे बिशेष अफरकाे फाइदा लिन सम्पुर्ण ग्राहक बर्गमा सेल्सवेरीले अनुराेध गरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




