सुन तोलाको १ लाख १२ हजार ५ सय पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ भदौ । लगातार सुनचाँदीको भाउ उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने आज बुधबार चौथो दिन हो । नेपाली बजारमा सुनचाँदीको भाउ अझैं उकालाे लागेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनमा रुपैया ८ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जानकारी दिएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको रुपैयाँ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको रुपैयाँ १ हजार ४ सय ८५ मा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार पनि छापावाल सुनमा रुपैयाँ ६ तथा चाँदीमा रुपैयाँ ५ ले बढेर खरिदबिक्री भएको थियो ।