लगातार अमेरिकी डलर र यूरोको भाउमा बृद्धि, अन्यको कति ?

-



     सफल आवाज    
     भाद्र १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २० पैसा र बिक्रीदर १६७ रुपैयाँ ९६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ १६ पैसा र बिक्रीदर १५० रुपैयाँ ८४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ४० पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५ पैसा रहेको छ ।

आजको मूल्यसूची