सुनको भाउ उकालो लाग्दै, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     भाद्र १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले बढेको हो । चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले बढेर तोलाको रुपैयाँ १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

्