शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो, यूरोको भाउ घट्यो

-



     सफल आवाज    
     भाद्र १५ गते २०८० मा प्रकाशित


काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

आजको मूल्यसूची