आजदेखि सिटिजन लाइफकाे प्रिमियममा आईपीओ खुल्ला

-



     सफल आवाज    
     भाद्र १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ भदाै । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि प्रिमियममा सेयर (आईपीओ) खुल्ला गरेकाे छ। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिशेयर २४४ रुपैयाँमा सेयर जारी गरेकाे हो।

इन्स्योरेन्सले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो। त्यसमा ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि जारी भइसकेकाे छ।

१ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरकाे १० प्रतिशतले ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगार गएकाहरुकाे लागि रहेकाे छ । ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड भइसकेकाे छ। बाँकी रहेको ९० लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयर भर्न चाहने लगानीकर्ताले भदाै १९ गतेसम्म आवेदन दिन पाउनेछन्सछन्। ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि घटीमा १० तथा बढीमा १५ लाख कित्ता माग गर्न सकिनेछ ।

लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताेकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।