हिमालयन ८०-२० को इकाईमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १५ गते २०८० मा प्रकाशित


काठमाडौं, १५ भदाै । हिमालयन क्यापिटल लिमिटेडकाे हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले गएकाे साउन ३२ गतेदेखि साे इकाई बिक्रीमा ल्याएकाे थियाे । यो एक बन्दमुखी योजना हो।

क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी भइकाे हाे । यसमा १ करोड ५० लाख इकाई कोष प्रबर्द्धककाे रुपमा रहेकाे हिमालयन बैंकका लागि सुरक्षित गरीएकाे छ ।

बाँकी रहन गएकाे ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । इकाई खरिद गर्नका लागि घटीमा १०० तथा बढीमा १ करोड इकाईका लागि आवेदन दिन पाइनेछ।

हिमालयन ८०–२० को इकाईकाे अवधि १० वर्षकाे रहेकाे छ । लगानीकर्ताले सेबाेनबाट सिआश्वा सदस्य रहेका बैंक र वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिने भएकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।