
काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोलगायतका देशहरूकाे मुद्राकाे भाउ स्थिर रहेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८० पैसा र बिक्रीदर ९८ रुपैयाँ २४ पैसा रहेको छ ।
आजको मूल्यसूची