काठमाडौं, १७ भदाै । थिल्लो मैलुङ खोला जलविद्युताे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर खुलाएकाे थियाे ।
कम्पनीका अनुसार जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर खुलाएकाे हाे । यसबाट ५ लाख ७१ हजार ४३० कित्ता आयोजना अति प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुका लागि रहेकाे छ ।
२ लाख ८५ हजार ७२० कित्ता उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानियका लागि रहेकाे छ । यसबाहेक रसुवा जिल्लाका जनताका लागि १ लाख ४२ हजार ८५० कित्ता रहेकाे छ । सेयरमा लगानीका लागि घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
स्थानिय जनताले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।