आईतबार सुनको भाउमा बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित


काठमाडौं, १७ भदौ । पहे‌लाे तथा सेताे धातु सुन र चाँदीको खरिदबिक्री हुने आज पहिलो दिन हो । साताको सुनचाँदीको कारोबार हुने आज आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ केहि तलमाथि भएको छ ।

यसदिन सुनको भाउमा रुपैयाँ १ सयले बृद्धि भएको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअद्धि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।