
काठमाडौं, १७ भदाै । आज आईतबार साताको सेयर काराेबार हुन पहिलाे दिन हाे । यसदिन सेयरर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य ०.२१ अंकले बढेकाे छ ।
साताकाे अन्तिम काराेबार भएकाे दिन बिहीबार नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा पुगि बजार बन्द भएको थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्सेमा ०.२१ अंकले बढेर १९९०.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेको छ।
यस सेसनमा ११ कम्पनीहरुकाे ५०९ कित्ता सेयर खरिदबिक्री भएको छ। यसबाट २ लाख २० हजार ३०६ रुपैयाँ बराबरको काराेबार भएकाे छ । चारवटा कम्पनीहरुे सेयररमूल्य बढेको छ । चारवटाकाे सेयरमूल्य घटेको छ। अन्य तीनवटाकाे सेयरमूल्य स्थिर देखिएकाे छ।