
काठमाडौं, १७ भदौ । साताको सेयर कारोबार हुने आज आईतबार पहिलो दिन हो । आजको पहिलो दिनको नेप्से परिसूचकले नै लगानीकर्ताको मन अमिलो बनाएको छ ।
उत्सहावर्धक नभईरहेको सेयर बजारको कारोबार आईतबार पहिलो दिनकाे काराेबार सकारात्मक लयमा नगएपछि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको छ । नेप्सेमा १.४९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.०९ अंकले घटेर ३७६.६२ विन्दुमा रहेको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । २७६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४० लाख ५३ हजार ३६८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ ८७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोल्टि होटल लिमिटेडको कारोबार भएको छ । सो होटलको ३ करोड ८८ लाख ८८ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लिवर्टी इनर्जि कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

