
काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरकाे भाउ स्थिर रहेकाे छ । यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने घटेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
यूरोको भाउ केहि घटेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६७ रुपैयाँ २५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २० पैसा र बिक्रीदर ८५ रुपैयाँ ५९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९५ पैसा रहेको छ ।
आजको मूल्यसूची