
काठमाडौं, १८ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथ चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन ताेलाकाे रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५ कायम भएर कारोबार भईरहेको जनाएकाे हाे ।

छापावाल सुन यसदिन तोलाको १ लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि आईतबार पनि छापावाल सुनमा रुपैयाँ १ सयले बढेर कारोबार भएको थियो । चाँदीमा भने रुपैयाँ १० ले घटेर खरिदबिक्री भएको थियो ।