काठमाडौं, १९ भदाै । अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर खुलाएकाे हाे ।
कम्पनीले १० कित्ता बराबर नयाँ ४ कित्ता सेयर खुलाएकाे हाे । यसमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता रहेकाे छ।
कम्पनीकाे सेयर निष्काशनकाे प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरिएकाेले असार २१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले हकप्रद सेयर भर्न सक्नेछन् ।
हकप्रद सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखाहरुबाट आवेदन पेश गर्न पाउनेछन्। साथै सेबाेनबाट अनुमति पाएका सिआस्वा सेवा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ।
हाल चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरकाे बिक्रीपछि चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्ने भएकाे छ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।