मंगलबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेर यसदिन काराेबार भइरहेकाे छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ३ सयले घटेर तोलाको १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।