नेप्सेमा पुनः करेक्सन, करिब ८८ करोडको कारोबार

-



     सफल आवाज    
     भाद्र १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ भदौ । सोमबार उकालो लागेको भोलिपल्ट मंगलबार सेयर बजार पुनः ओरालो लागेको छ । साताको सेयर कारोबार हुने आज तेश्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम पनि एक अर्बभन्दा तल नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.९३ अंकले घटेर १९५९.८९ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७६ अंकले घटेर ३७६.९५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २४ लाख २९ हजार ३३६ कित्ता सेयरको खरिदबिक्रीबाट ७७ करोड ९१ लाख ८५ हजार १३८ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ५८ लाख ९७ हजार ७९३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै सबैभन्दा धेरै आरबिबि म्युचुअल फण्ड २ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।