
काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ ।
अघिल्लो दिन अमेरिकी डलरको भाउ बढेर सटही भएको थियो भने यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ घटर सटही भएको थियो ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
यूरोको भाउ घटेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७६ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५२ रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७९ पैसा रहेको छ ।
आजको मूल्यसूची