११ वटा थपिएपछि नयाँ ब्राेकर कम्पनीकाे संख्या २८ पुग्याे

-



     सफल आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित


काठमाडौं, २० भदाै । अब सेयर काराेबार गर्ने नयाँ कम्पनीहरूकाे संख्या २८ पुगेको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ ११ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्नका लागि सदस्यता दिएपछि साे संख्या २८ पुगेको हाे ।

नेप्सेले मंगलबार ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्नका लागि सदस्यता प्रदान गरेको हो । नेप्सेका अनुसार नयाँ सदस्यता प्रदान गरिएका नयाँ ११ ब्रोकर कम्पनीहरुकाे कार्यहरूमा सिमितता रहेकाे जनाइएकाे छ ।

नेपाल स्टक एक्सचेन्जले गएकाे असार २१ गते ७, साउन १२ गते ७ र साउन १९ गते ३ वटा गरी १७ वटा नयाँ ब्रोकर कम्रपनीहरूलाई कारोबार गर्नका लागि सदस्यता दिएकाे थियो ।

यी हुन् नयाँ ११ ब्रोकर कम्पनी