बुधबार सुनचाँदीको भाउमा गिरावट, तोलाको कति ?

-



     सफल आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित


काठमाडौं, २० भदाै। साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।