
काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्यको भाउ पनि बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
यूरोको भाउ पनि बढेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३३ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७९ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८५ रुपैयाँ २५ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९२ पैसा रहेको छ ।
आजको मूल्यसूची