अन्तिम दिन सेयर बजार राताम्मै, सवा १ करोडको कारोबार

-



     सफल आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ भदाै । अघिल्लाे काराेबार भएकाे दिनलाई पछ्याउदै नेप्सेकाे ओरालो लागेकाे यात्रा यथावत् रहेकाे छ । साताको सेयर कारोबार हुने अन्तिम तथा पाँचौ दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ ।

लगातार नेप्सेमा भईरहेको नकारात्मक प्रभावले लगानीकर्ताहरुलाई पर्ख र हेरको अवश्था बाहेक अर्को बिकल्प रहेको छैन । किनभने सेयर बजारको यस्तो असन्त’लित दृश्य बिगतका तीन वर्षदेखि आहा ! भन्न लायकको स्थिरता देखिएको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ विन्दुमा झरेको छ । नेप्सेमा १.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.६५ अंकले घटेर ३७१.५८ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन कुल २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३७ लाख ६९ हजार ३३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी लिवर्टी इनर्जि कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड १५ लाख ४१ हजार १७५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी शुभम पावर सिलमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको सेयरमूल्य घटेको छ । सो कम्पनीको सेयरमूल्य ९.७१ प्रतिशतले घटेको छ ।