मीड सोलु हाइड्रोपावरले आइपीओ बिक्रीमा ल्याउदै

-



     सफल आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित


काठमाडौं, २२ भदाै । मीड सोलु हाइड्रोपावरले सेयर (आइपीओ) बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

यसअघि कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ७४ हजार ८४० कित्ता बाँडफाँड गरिसकेको छ । 

कर्मचारीहरुका लागि १४ हजार ९६८ कित्ता र सामुहिक लगानी काेषका लागि ३७ हजार ४२० कित्ता रहेकाे छ । यसबाट बाँकी रहेकाे साे सेयर सर्वसाधारणका लागि बिक्री गरिने भएकाे हाे ।

सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले असोज १ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिसम्म पूरा सेयरका लागि आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिन पाइनेछ । सेयरमा घटीमा १० तथा बढीमा १० हजार कित्ता माग गर्न सकिनेछ । सेयर सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट भर्न सकिनेछ ।

कम्पनीले सोलुखुम्बुमा ९‍.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजनाबाट २०७९ पुस १५ गतेदेखि विद्यतु उत्पादन गर्दै आएको छ । यसकाे लागत २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेकाे छ ।