आईतबार अमेरिकी डलर, यूरो र अन्यको भाउ कति छ ?

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूरो तथा अन्य देशको मुद्राको भाउ स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रिदर १३३ रुपैयाँ २ पैसा रहेको छ ।

यूरोलगायत अन्य देशको भाउ पनि स्थिर रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १३ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ ३४ रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा रहेको छ ।

आजको मूल्यसूची