रिपब्लिक मिडिया रु १३ लाख २४ हजार नाफा कमाउन सफल

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ भदाै । नेपाल रिपब्लिक मिडियाले १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा कमाउन सफल भएकाे छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साे नाफा कमाएकाे हाे ।

अघिल्लो वर्ष याे वर्ष साेहि अवधिमा याे नाफा रुपैयाँ ४ करोड ८२ लाख ८ हजार घाटामा थियाे । कम्पनीले २६ करोड १ लाखको कारोबार गरेको देखिएकाे छ । अघिल्लो वर्ष यस्ताे काराेबार रुपैयाँ २० करोड २६ लाख रहेकाे थियो । 

कम्पनीले प्रशासनिक खर्च बढेकाे छ । याे बढेर ६ करोड ३७ लाखबाट बढेर ७ करोड ८५ लाख देखिन्छ । बिक्री वितरणमा भएकाे खर्च घटेकाे छ । याे २ करोड ८० लाखबाट घटेर २ करोड १७ लाख रहेकाे छ । 

कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । याे फिगर अघिल्लो वर्षमा रुपैयाँ ४६ करोड ४ लाख रहेकाे थियो । कम्पनीले केहि समय अगाडी सञ्चार क्षेत्रबाट पहिलाे पटक सेयर खुलाएकाे थियाे ।

प्रतिसेयर नेटवर्थ भने केहि बढेकाे छ । जाे ८८ रुपैयाँ ५३ पैसा कायम भएकाे छ । अघिल्लो वर्ष साेहि समयमा याे ८४ रुपैयाँ ४७ पैसा थियो ।