
काठमाडौं, २४ भदौ । फाइनान्स कंपनीका प्रमुख कार्यकारी अधिकृतहरू रहेकाे संस्था नेपाल वित्तीय संस्था संघको अध्यक्षमा बैकर सुनिल पन्त चयन भएका छन् । शुक्रबार पाेखरामा सम्पन्न २७ र २८ औं वार्षिक साधारण सभाबाट आईसीएफसी फाइनान्सका सीईओ रहेका पन्त अध्यक्षमा निर्विराेध निर्वाचित भएका हुन् ।
त्यसैगरी संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्स लिमिटेडका सीईओ रविचन्द्र गुरुङ निर्विराेध निर्वाचित भएका छन । द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोजमान श्रेष्ठ चयन भएका छन् भने, महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् ।
यस्तै, संघको कार्यसमिति सदस्यमा प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएकाे नेपाल वित्तीय संस्था संघले जनाएकाे छ ।
यसअघि गुडविल फाइनान्सका सीईओ सराेजकाजी तुलाधरले नेपाल वित्तीय संस्था संघको अध्यक्षमा २ कार्यकाल बिताएका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




