हाथवे इन्भेष्टमेन्टकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित


Businessman presses button ipo Initial Public Offering diagram online network

काठमाडाैं, २५ भदाै । हाथवे इन्भेष्टमेन्ट नेपालले खुलाएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि भदौ २१ गतेदेखि सेयर खुलाएकाे थियाे । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सेयर निष्काशन गरेको हाे ।

जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्काशनकाे स्वीकृति लिएकाेमा पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर जारी गरी बाँडफाँड गरिसकेकाे छ ।

यस्तै २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । यसमा ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेकाे छ। कम्पनीले अहिले दोस्रो चरणमा २४ लाख २७ हजार ७५० कित्ता सर्वसाधारण लगानीकर्ता का लागि खुलाएकाे हाे ।

इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।

हाथवे इन्भेष्टमेन्ट युवा व्यवसायी, यद्यमी, चार्टर्ड एकाउन्टेन्ट र प्रतिष्ठित व्यक्ति तथा समूहहरुको लगानी रहेकाे संस्था हाे । यसले पूँजीबजार, जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्दै आइरहेकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।