
काठमाडाैं, २५ भदाै । चिरख्वा हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २८ गतेदेखि स्थानिय जनताकाे लागि सेयर खुलाएकाे हाे ।
कम्पनीले ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याएकाे हाे । सेयरमा भोजपुरका जनताले आवेदन दिन पाउने कम्पनीले जनाएकाे छ ।
सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० तथा आयोजना प्रभावित क्षेत्रका जनताले बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने भएका छन्।
कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत रुपैयाँ ९९ करोड ८० लाख रहेको छ । जसकाे विद्युत उत्पादन अवधि २८ वर्ष ८ महिना बाँकी छ।
सेयर भर्नका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयमा गएर आवेदन दिन पाइनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ।