खानीखोला हाइड्रोपावरकाे हकप्रद शेयर निष्कासनपछि चुक्तापुँजी ९३ करोड पुग्ने

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ भदाै। खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको बताएकाे छ।

अहिले कम्पनीको चुक्तापुँजी ४६ करोड ५७ लाख रहेकाे छ। अब शतप्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ।

विद्युत नियमन आयोगबाट सहमति लिएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात हकप्रद प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो।

कम्पनीले केही बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ। गत आवसम्म याे कम्पनी २ करोड २८ लाख रुपैयाँ नोक्सानीमा रहेकाे छ। खानीखोला हाइड्रोपावर कम्पनीकाे ८० करोड ८५ लाख कर्जा छ।