नेप्सेमा ४४.३० अंकको बृद्धि, साढे १ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित


काठमाडाैं, २५ भदाै । लगातार नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने सोमबार आज दोश्रो दिन हो । नेपाली सेयर बजारको दोश्रो दिनको लय पनि सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साही भएका छन् ।

पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा चढेको थियो । सोमबार चौथाई बढी अंकको बृद्धिको उभार देखिएपछि अब निरन्तर लयमा जान्छ कि भन्ने अपेक्षा बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२८ प्रतिशतले बृद्धि भएको छ । उता सेन्सेटिभ इण्डेक्स ७.७३ अंकले बढेर ३८१.६४ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल २७८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४७ लाख ४२ हजार ५११ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ २४ पैसा कारोबार भएको छ

कारोबारको आधारमा सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड २५ लाख ५२ हजार ४४८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सेयरमूल्य घटेको छ । सो स्किम २ को सेयरमूल्य ७.४३ प्रतिशतले घटेको हो ।