अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो तथा अन्य देशको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि बढेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३३ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ५३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८२ पैसा रहेको छ ।

आजको मूल्यसूची