तेश्रो दिन सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउमा पनि परिवर्तन भएको छैन । भाउ स्थिर रहेर तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।