सिभिल क्यापिटलको विशेष साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     भाद्र २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ भाद्र । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज भाद्र २७ गते सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारा, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो ।

यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००:३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको बताइएकाे छ ।