बिहिबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     भाद्र २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रिदर १३३ रुपैयाँ ८ पैसा रहेको छ ।

यूरोलगायत अन्य केहि देशको मुद्राको भाउ पनि बढको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ ।

आजको मूल्यसूची