
काठमाडौं, २८ भदाै । नेपाल सरकारले आज सार्वजनिक बिदा दिएकाे कारण सेयर बजारकाे काराेबार नहुने भएकाे छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरू बन्द हुने भएकाेले काराेबार नहुने भएकाे छ ।
तत्कालित संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङकाे अन्त्येष्टिको दिन बिहिबार आज सरकारले सार्वजनिक विदा दिएकोले सेयर बजार लगायतका अर्थका क्षेत्रहरूमा काराेबार नहुने भएकाे हाे ।
शुक्रबार सेयर बजारमा काराेबार नहुने भएकाेले अब काराेबार आइतबार खुल्नेछ । बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा उक्लिएकाे थियाे ।
सरकारले संविधान सभा अध्यक्ष सुबास नेम्वाङले संविधान निर्माणलगायत संसदीय कार्यहरूमा महत्वपूर्ण याेगदान गरेकाेले उनकाे याेगदानकाे कदर गर्दै सरकारले उनको अन्त्येष्टिकाे दिन बिहिबार राजकीय सम्मान प्रदान गर्ने निर्णयसमेत गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




