
काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
यूरोलगायत अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६६ रुपैयाँ रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४० पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५० पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा रहेको छ ।
आजको मूल्यसूची