
काठमाडौं, ३१ भदाै । मल्टीपर्पस फाइनान्स लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। फाइनान्सले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे ।
फाइनान्सले हाल कायम रहेकाे ०० कित्ता बराबर नयाँ ३५ कित्ता सेयर खुलाएकाे हाे । फाइनान्सले चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १५ लाख ८२ हजार कित्ता सेयर जारी गरेकाे हाे ।
सेयर निष्काशनकाे प्रयोजनका लागि फइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो। हकप्रद सेयर भर्नका लागि लगानीकर्ताहरुले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
हकप्र सेयरमा लगानीका लागि मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाइनेछ । यस्तै सेबाेनबाट अनुमति लिई सिआस्वा सेवामा सहभागी रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन पेश गर्न सकिनेछ ।
हाल रुपैयाँ ४२ करोड २० लाख चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद सेयर बाँडफाँड गरेपछि चुक्ता पूँजी रुपैयाँ ६१ करोड २ लाख पुग्ने भएकाे छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।