
काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।
यूरोलगायत अन्य देशको मुद्राको भाउ केहि घटेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८३ पैसा रहेको छ ।
आजको मूल्यसूची