लगातार सुनचाँदीको भाउमा बृद्धि, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     असाेज १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ असोज । साताको सुनचाँदीको कारबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा काराेबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।