
काठमाडौं, २ असाेज । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । नेप्से परिसूचक १.२३ अंकले बढेकाे हाे ।
अघिल्लाे दिन सोमबार नेप्से परिसूचक ४.२६ अंकले बृद्धि भएर १९६९.१८ विन्दुमा उक्लिएकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से १.२३ अंकले बढेर १९७०.४१ विन्दुमा चढेकाे छ। उता सेन्सेटिभ इण्डेक्स ०.३२ अंकले बढेको छ।
आजकाे प्रि ओपन सेसनमा २० वटा कम्पनीहरुकाे ९२१ कित्ता सेयरकाे खरिदबिक्रीबाट ४ लाख ६४ हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ। उनीहरुमा ११ वटा कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । ८ वटाकाे सेयरमूल्य घटेको छ। एउटाकाे मूल्य स्थिर रहेको छ।