नेप्सेमा १६.२४ अंकको बृद्धि, १ अर्ब १७ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८२ प्रतिशतले बृद्धि हुँदा सन्सेटिभ इण्डेक्स २.४३ अंकले बढेर ३८१.१७ विन्दुमा रहेको छ ।

यसदिन कुल २७२ कम्पनीहरुको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये दुई वटामा रातो लागेको छ । बाँकी ११ वटामा हरियो लागेको छ । कारोबारको आधारमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ६४ लाख ४२ हजार ६९१ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शुभम पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको हाे।