काठमाडौं, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशको मुद्राको भाउ भने बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशको मुद्राको भाउ भने बढेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४९ रुपैयाँ १ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३० पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९८ पैसा रहेको छ ।
आजको मूल्यसूची








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




