शुक्रबार घट्यो सुनको भाउ, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असोज । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।