
काठमाडाै, ६ असाेज । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेकाे छ । बैकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अाज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे।
साे कार्यक्रममा ट्राफिक प्रहरीहरुलाई वैंकिङ प्रणाली, वचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा प्रस्तुतिकरण गरिएको थियो ।
बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले वचतको महत्व, दैनिक जिवनमा गरिने वचत व्यवहार, कर्जा सम्वन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्व, अवसर र चुनौतीका वारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा वोल्दै एसपी आचार्यले दैनिक जिवनमा वचत गनुपर्ने थाहा भएपनि कसरी वचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जिवनमा वचतको महत्व वुझेर वचत गर्ने वानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौशला मिलेको वताए ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा शाखा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




