
काठमाडाैं ७ असोज । माछापुच्छ्रे बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले २५औँ वार्षिक साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार असोज ८ गते बुकक्लोज गर्ने जनाएकाे छ ।
यसका लागि सेयरधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् । साथै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।
बैंकले असोज १८ गते साधारण सभा डाकेकाे छ । सभा पाेखरास्थित होटल पोखरा ग्राण्ड, पार्दीमा डाकिएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे डाकिएकाे हाे ।
साधारण सभाबाट १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिने भएकाे छ । त्यसकाे कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेलन गरिने भएकाे छ ।
सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने, गाभिने लगायतका कार्य गर्नका लागि जिम्मेवारी संचालक समितिलाई दिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि त्यसकाे अख्तियारी दिने, लेखापरीक्षककाे नियुक्तिलगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




